Logo

कोरोनाबाट आज ४ जनाको मृत्यु



काठमाडौं, ११ फागुन । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ सय १० थपिएका छन् । आज १ सय २ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७३ हजार ६ सय ६६ संक्रमित भएपनि २ लाख ७० हजार ६८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ५ सय ३३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २१ लाख ४६ हजार ५ सय ३३ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या  ६५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्