Logo

‘बच्चन पांडे’मा अक्षय कुमारको जैकलिनसँग रोमान्स



एजेन्सी, ११ फागुन । भर्खरै मात्र फिल्म ‘बच्चन पांडे’ को सुटिङ सकिएको छ । फिल्ममा बलिउडका हस्ती अक्षय कुमार, अभिनेत्री जैकलिन र कृति सेनको लिड रोल रहेको छ । फिल्म युनिटको टोली सुटिङ सकाएर मुम्बई फर्किएको छ । फिल्ममा अभिनेत्री जैकलिन फर्नाडिज र कृति सेन अक्षय कुमारसँग अतित र वर्तमानमा रोमान्स गर्छन् ।

स्रोतको अनुसार जैकलीनको भुमिका अक्षय कुमारको अतितमा हुनेछ । जवानीमा जैकलिन अक्षयको जीवनमा हुन्छिन् र दुवैजना रोमान्स गर्छन् । उनीहरुको रोमान्सको क्रममा एक गीत पनि राखिएको छ ।

यस फिल्ममा कृतिको रोल अक्षयको वर्तमानमा छ । फिल्ममा पछिल्लो समयमा अक्षय कृतिसँग रोमान्स गर्छन् । अक्षय दाढी भएको गेटअपमा कृतिको साथमा देखिन्छन् । जैकलिन र अक्षय कसरी अलग भए त्यो भने फिल्म हेरेर मात्र पत्ता लाग्ने स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot