Logo

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला



काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै संवैधानिक इजलासले १३ दिनभित्र संसद बोलाउन आदेश समेत दिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु तेजबहादुर केसी, अनिलकुमार सिन्हा, विश्वम्भर प्रसाद श्रेष्ठ र सपना मल्ल छन् ।



प्रतिक्रिया दिनुहोस्