Logo

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश



काठमाडौँ, ११ फागुन । सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन माग गरेको छ । संवैधानिक इजलासले आज संसद पूनःस्थापनाको फैसला गरेरसँगै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गरेका थिए । प्रधानन्यायाधीश जबराले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्