Logo

जन्मदिनमै ओलीलाई धक्का



काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै परिवार, आफन्त र निकटस्थ डाकेर जन्मदिन मनाइरहेका थिए । उनले जन्मदिन मनाइरहँदा सर्वोच्च अदालतले साँझ फैसला सुनायो । फैसला उनको प्रतिनिधि सभा विघटनको कदमविरुद्ध गयो ।

चुनावको घोषणा गरेका ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला नगर्न अदालतलाई चेतावनी समेत दिएका थिए । यद्यपि, उनले त्यसो नभनेको प्रतिक्रिया दिए ।

तर, फैसला ओलीको विपक्षमा गयो । त्यो पनि ११ फागुनमा । ओली ७० औं जन्मदिन मनाइरहँदा ।

जन्मदिनमै फैसला आफ्नो विपक्षमा आएपछि ओलीका सामु अब तीन विकल्प मात्र बाँकी छन् । पहिलो राजीनामा दिएर मार्ग प्रशस्त गर्ने, संसदबाट अविश्वासको प्रस्तावको सामना गर्ने या संकटकाल घोषणा गर्ने । तर, तीनवटै विकल्प उनका लागि सजिलो भने छैन ।

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ

संवैधानिक निकायमा गरिएका नियुक्ति के होला ?

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश

ओलीसँग तीन विकल्पः राजीनामा देखि संकटकाल

जन्मदिनमै ओलीलाई धक्का

संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया: नेपाली जनता र लोकतन्त्रको जीत भयो

सर्वोच्चको फैसला स्वागतयोग्य: देउवा

बाबुरामले भनेः सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गर्यो



प्रतिक्रिया दिनुहोस्