Logo

ओलीसँग तीन विकल्पः राजीनामा देखि संकटकाल



काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका सामु अब नैतिक संकट परेको छ । सर्वोच्च अदालतले उनको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुनःस्थापना गरेपछि उनीमाथि नैतिक संकट परेको हो ।

आज सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन गर्ने कदमविरुद्ध परेको रिटमाथि उत्प्रेषण परमादेश आदेश जारी गरी पुनःस्थापनाको पक्षमा फैसला गरेको छ । योसँगै ओली नैतिक संकटमा परेका हुन् । अब उनीसँग तीनवटा विकल्प बाँकी छ ।

विकल्प १ः प्रधानमन्त्री ओलीले आफूले चालेको कदम असंवैधानिक ठहर भएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हुनसक्छ ।

विकल्प २ः ओलीले प्रतिनिधि सभामा अविश्वासको प्रस्तावको सामना १३ दिनभित्र गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा यसअघि नै उनीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता छ । बहुमत जुटाउन नसके उनी स्वतः पदमुक्त हुनेछन् । बहुमत सिद्ध गरे उनी प्रधानमन्त्री रहिरहन्छन् ।

विकल्प ३ः ओलीले संकटकालको सिफारिश गर्न सक्छन् । मन्त्रिपरिषद बैठक बसेर संकटकालको सिफारिश गरी राष्ट्रपतिसमक्ष पेश गरेर घोषणा गर्न सक्छन् । त्यो उनको राजनीतिक जीवनमा अर्को जोखिम बन्न सक्छ ।

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ

संवैधानिक निकायमा गरिएका नियुक्ति के होला ?

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश

जन्मदिनमै ओलीलाई धक्का

संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया: नेपाली जनता र लोकतन्त्रको जीत भयो

सर्वोच्चको फैसला स्वागतयोग्य: देउवा

बाबुरामले भनेः सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गर्यो



प्रतिक्रिया दिनुहोस्