Logo

चितवनबाट प्रचण्डले ओलीलाई भने : अलिकति पनि लाज र घिन छ भने तुरुन्तै राजीनामा दिनुहोस (भिडिओसहित)



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संसद पूनःस्थापना गरेको भन्दै बधाई दिएका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुको लडाई कुर्सीको लागि नगरेको जिकिर गरेका छन् । उनले भने,‘केपी ओलीको भ्रम, गफबाट भ्रममुक्त हुन आग्रह गर्दछु । सेटिङ भयो भनेर केपीको पछि लाग्नुभएको तपाईहरु अब भुलभुलैयामा बस्नुपर्दैन् । संविधान र लोकतन्त्रको पक्षमा आउनुहोस् । मूल पार्टीमा आउनुहोस । हामी स्वागत गर्न तयार छौं ।’ अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन भनेका छन् । उनले भने,‘अलिकपति पनि लाज र घिन अनि नैतिकता छ भने तुरुन्तै राजीनामा दिनुहोस् ।’

Related News:

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ

संवैधानिक निकायमा गरिएका नियुक्ति के होला ?

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश

ओलीसँग तीन विकल्पः राजीनामा देखि संकटकाल

जन्मदिनमै ओलीलाई धक्का

संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया: नेपाली जनता र लोकतन्त्रको जीत भयो

सर्वोच्चको फैसला स्वागतयोग्य: देउवा

बाबुरामले भनेः सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गर्यो

 



प्रतिक्रिया दिनुहोस्