Logo

सर्वोच्चको फैसलाबाट अस्थिरताको खेल सुरु हुने शंकर पोखरेलको ठोकुवा



काठमाडौं, ११ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलाले अस्थिरताको खेल सुरु हुने ठोकुवा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदमको बचाऊ गर्दै भविष्यमा यसको औचित्य पुष्टि हुने तर्क गरे ।

आज सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भने, ‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ ।’ उनले हिम्मत र धैर्यताका साथ अगाडि बढ्न समर्थकहरुलाई आग्रह समेत गरे ।

पोखरेलले लेखेका छन्ः सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।



प्रतिक्रिया दिनुहोस्