Logo

प्रचण्ड र देउवाबीच फोनसंवाद, बुधबार भेट्ने तय



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ । दुवै नेताबीच प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि कसरी बढ्नेबारे कुराकानी भएको छ ।

दुवै नेताले बुधबार भेट्ने तय गरेका छन् । प्रचण्ड चितवनबाट काठमाडौं आएपछि देउवालाई भेट्नेछन् ।

यसअघि प्रचण्डले देउवालाई संसद पुनःस्थापनाको पक्षमा अगाडि बढेमा प्रधानमन्त्री बन्न सहयोग गर्ने प्रस्ताव गरेका थिए । दुई नेताबीच अबको सत्ता समिकरणबारे छलफल गर्ने तय भएको बुझिएको छ । प्रचण्डले भने देउवासँग खुशी साटासाट भएको बताएका छन् ।

यसैगरी, भोलि नै ओली सरकार बाहिर रहेका दलहरुको बैठक बस्ने तयारी भएको छ । बैठकले भविष्यमा कसरी बढ्नेबारे छलफल गर्ने बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्