Logo

शेयर लगानीले बढायो निर्जीवन बीमा कम्पनीहरूको नाफा



काठमाडौं, फागुन १२ । कोरोना विपद्का बीच पनि चालू आर्थिक वर्ष (आव) २०७७्/७८ को दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको औसत नाफा २८ प्रतिशतले बढेको छ । २० निर्जीवन बीमा कम्पनीमध्ये १८ कम्पनीहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

पुस मसान्तसम्म १८ निर्जीवन बीमा कम्पनीहरूले रू २ अर्ब ८ करोड १४ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरूले रू १ अर्ब ६२ करोड खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा यी कम्पनीहरूको कुल बीमाशुल्क संकलन भने १५ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । भारतीय स्वामित्वका दि ओरियन्टल र नेशनल इन्स्योरेन्सले भने अझै यस्तो वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

बीमांकीय मूल्यांकनपछि कम्पनीहरूको नाफा भने थप मात्रामा बढ्नेछ । बीमांकीय मूल्यांकनबाट बीमा कोष, असमाप्त जोखिमबापतको व्यवस्थाबाट केही रकम नाफा नोक्सान खातामा सार्न सकिन्छ । त्यसपछि बीमा कम्पनीहरूको नाफा थप बढ्नेछ ।

कोरोना महामारीकै कारण यस अवधिमा वाणिज्य बैंकलगायत अन्य क्षेत्रका कम्पनीहरूको नाफा घटेको छ । तर, निर्जीवन बीमा कम्पनीहरूको नाफाको वृद्धिदर भने दोहोरो अंकको देखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्