Logo

प्रधानमन्त्रीले राजीनामा नदिनेः ओलीका प्रेस सल्लाहकार



काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। मंगलबार अबेर सामाजिक संजाल मार्फत उनले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन।‘

उनले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि मान्नु पर्ने र कार्यान्वयनमा जानुपर्ने बताएका छन्। अदालतका फैसलाका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित भएकोसमेत उनको भनाई छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था नभएको चेतावनी थापाको छ।



प्रतिक्रिया दिनुहोस्