Logo

भारतको सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माविको पुनर्निर्माण सुरु



काठमाडौं, १२ फागुन । दक्षिणकालीस्थित श्री चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्य सुरु भएको छ । भारत सरकारको सहयोगमा पुननिर्माण सुरु भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले विद्यालयको पुनर्निर्माण कार्यका लागि संयुक्त रुपमा भूमि पूजन गरेर शुभारम्भ गरेका हुन् ।

६ करोड ८५ लाख रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको चम्पादेवी मावि नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुने जनाइएको छ । नवनिर्मित संरचनामा दुइवटा ब्लकहरु रहनेछन् जसमा १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना रहनेछन् । यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ ।

शिक्षाको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने यो ६६ औं विद्यालय हो । देशका ८ जिल्लामा कूल ७१ शैक्षिक संस्थाहरुको पुनर्निर्माण हेतु भारत सरकारले ५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यो बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २० करोड आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि गरिसकेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माणका लागि भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्