Logo

महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ (भिडिओसहित)



काठमाडौं, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता महेश बस्नेतले सर्वोच्च अदालतले संसद पूनःस्थापना गर्ने गरेको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिलाई कुनै धक्का नलागेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीको पक्षमा नै जनता रहेको दाबी गरे । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपालले सत्ता लिप्सा देखाएको गम्भीर आरोप लगाएका छन् । प्रचण्ड र माधव नेपालहरुले खाएको लड्डु अब दुई चार दिनभित्रै तितो हुने पनि उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्