Logo

उपहार पर्‍यो भन्दै ठगी गर्ने ३ पक्राउ



काठमाडौं, १३ फागुन । उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं बस्ने पर्सा पोखरिया नगरपालिका–७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जना लाई पक्राउ परेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं–६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्