Logo

अबको प्रधानमन्त्री को ? डा. लोहनीसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, १३ फागुन । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष लोहनीले आफ्नो पार्टीले सुरुदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेर भनिसकेको सुनाए ।

लोहनीले अदालतको निर्णय ऐतिहासिक भएको पनि जिकिर गरे । उनले भने,‘प्रधानमन्त्री संविधानभन्दा बाहिर जान पाउँदैन । अदालतले पनि यही कुरा स्थापित गरिदिएको छ ।’–उनले भने । फेरि पनि नेकपाबाटै प्रधानमन्त्री बन्न सक्ने पनि सम्भावना रहेको उनले बताए । को प्रधानमन्त्री बन्छ ? भन्ने कुरा अहिले नै भन्न नसकिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्