Logo

सरकार बनाउन अब कांग्रेसले के गर्छ ? भीमसेनदास प्रधानको नयाँ प्रस्ताव (भिडिओसहित)



काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले कांग्रेसलाई जनताले पाँच वर्ष नै प्रतिपक्षमा बस्न मत दिएको सुनाए । उनले सम्भव भए राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने बताए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रधानले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न नैतिकताले पनि नसक्ने जिकिर गरे ।

प्रधानले सरकार बनाउनको लागि कांग्रेससँग नेकपाको दुवै पक्षबाट सहकार्यको प्रस्ताव आईसकेको जनाए । तर, आफूहरुलाई जनताले प्रतिपक्षमा बस्न म्याण्डेट दिएकोले त्यहीअनुसार गर्नुपर्ने पनि आफ्नो विचार राखे । तर, के गर्ने भन्ने विषयमा पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय लिने पनि उनको भनाई छ । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्