Logo

आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन



काठमाडौं, १३ फागुन । आज (बिहीबार) दुई वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आज लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

साधारण सभा र शेयरधनीलाई लाभांश वितरण गर्नको लागि गणपति लघुवित्त वित्तीय संस्थाको फागुन १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको सभा तनहुँमा फागुन २८ गते हुने भएको छ । आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेशनल माइक्रोफाइनान्सले चैत्र ५ गते धादिङमा साधारण सभा गर्ने भएकोले फागुन २४ गतेबाट सभा नभएसम्म बुक क्लोज गर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्