Logo

दिल्लीबाट बाबुरामको प्रश्न : भ्यूटावर र जलहरीको सट्टा स्वास्थ्य उपकरण/सुविधाको व्यवस्था किन भएन ?



काठमाडौं, १३ फागुन । स्वास्थ्योपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेका जसपा, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य परीक्षण निम्ति उपकरण÷सुविधाको पर्याप्त व्यवस्था नेपालमा किन गर्न सकिएन भनेर मनमा घोचिरहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो प्रश्न गरेका छन् ।

उनले लेखेका छन्–”दिल्लीमाDOTA-NOC,PET Scan आदि परीक्षणनिम्ति चाहार्दैगर्दा हामीले देशमा यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरह्यो!केही बर्ष पहिले अर्थ/स्वास्थ्य मन्त्रालयमा यसबारे आफुले घच्घचाए पनि किन भएन?भ्यूटावर,जलहरी सट्टा यता ध्यान खै?नमरी स्वर्ग नदेखिने नै हो ?”



प्रतिक्रिया दिनुहोस्