Logo

स्वाभिमान लघुवित्तको साधारण सभा आज हुँदै



काठमाडौं, १३ फागुन । आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । संचालक समितिको माघ २० गते बसेको बैठकले डार्सिज इन्टरनेशनल होटल, बुटबल रुपन्देहीमा अपरान्ह ३ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।

सभाले प्रस्तावित २१.०५ प्रतिशत लाभांश पारित गर्ने भएको जनाइएको छ ।  सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुको साथै जारी चुक्तापुँजी बृद्धि गरी सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने तथा अन्य कम्पनीसँग गाभ्ने तथा प्राप्ती प्रकृयामा जानु पर्ने भएमा सम्पुर्ण जिम्वेवारी संचालक समितिलाई समेत दिने निर्णय गर्ने भएको छ ।

माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्