Logo

आशा लघुवित्तको बोनस शेयरधनीको खातामा जम्मा



काठमाडौं, १३ फागुन । शेयरधनीको हितग्राही खातामा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको अनुसार लघुवित्तको चौथो साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा गरेको हो ।

कम्पनीले शेयर धितोमा राखेर कर्जा लिएका शेयरधनीहरुलाई कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुबाट फुकुवा पत्र ल्याएपछि मात्र बोनस खातामा पठाउने भएकोले राफसाफ गर्न अनुरोध गरेको छ ।

रोक्का राखिएका शेयरधनीहरुको बोनस शेयर हितग्राही खातामा रोक्का नजनाइ जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त शेयरधनीहरुको शेयर रोक्कामा रहे नरहेको यकिन गरी रोक्कामा राख्नु पर्ने भए बोनश शेयर समेत रोक्कामा राख्नेतर्फ आवश्यक पहल कदमी गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्