Logo

कुमारी बैंकका ग्राहकले जीवन्त एडभान्स काठमाडौंमा १०% सम्म छुट पाउने



काठमाडौं, १३ फागुन । कुमारी बैंकको जीवन्त एडभान्स काठमाडौं इमेजिङबीच सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु लिँदा सेवा प्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्ने उद्देश्यले सम्झौता गरेको जनाएको छ ।

कुमारी बैंकका तर्फबाट मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र जीवन्त एडभान्स काठमाडौं इमेजिङका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतापछि जीवन्त एडभान्स काठमाडौं इमेजिङमा एमआरआई सीटी स्क्यान लगायत अल्ट्रा साउन्ड शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्