Logo

नेप्से आज ४४.९४ अंकले ओरालो, आज ६ अर्बको कारोबार



काठमाडौं, १३ फागुन । आज साताको अन्तिम दिन बिहीबार शेयर बजार ओरालो लागेको छ । यस दिन नेप्से परिसुचक र कारोबार रकम दुवै घटेका हुन् ।

आज सबै १२ उपसमुहका परिसुचक राताम्मै छन् । बुधबार २५९९ विन्दुमा पुगेको नेप्से आज २५५४.१३ विन्दुमा झरेको हो । आज नेप्से परिसुचक १.७३ प्रतिशत अर्थात ४४.९४ अंकले ओरालो लागेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि ८.५३ अंकले घटेर ४६१. ८१ विन्दुमा झरेको छ । यस दिन फ्लोट इन्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८९ अंकले घटेको छ ।

आज २०६ कम्पनीका ८३ हजार ४ सय ७ पटक कारोबार भएर ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

सबैभन्दा धेरै फाइनान्स उपसमुहको २.१७ प्रतिशतले परिसुचक घटेको छ । त्यस्तै, बैकिङ्ग उपसमुहको १.९९ प्रतिशतले सुचक घटेको छ । नेप्सेका अनुसार बिहीबार सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९० करोड ३५ लाख भन्दा धेरैको कारोबार भएको छ । बैकको प्रतिकित्ता शेयरमुल्य ५४३ रुपैयाँ कायम भएको छ । त्यसैगरी, नबिल बैंकको २१ करोड ६० लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयरमुल्य १३ सय २२ रुपैयाँ कायम भएको छ ।

आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिशेयर ९.९१ प्रतिशत अर्थात ३४ रुपैयाँले बढेर ३ सय ७७ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ८.२२ प्रतिशत अर्थात १२ रुपैयाँले बढेर प्रतिशेयर १ सय ५८ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्