Logo

रामचन्द्र पौडेलको प्रश्न : प्रधानमन्त्री के मुखले संसद्मा जानुहुन्छ ?



काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दली नेपाली कांग्रेसका वरिष्‍ठ नेता रामचन्द्र पौडेलले आफैंले भंग गरेको प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा प्रधानमन्त्री कुन मुखले संसदमा जान्छन् ? भनेर प्रश्न गरेका छन् । उनले नेकपाको विभाजनबारे प्रष्टता नभएसम्म आफ्नो पार्टीले कुनै निर्णय नगर्ने सुनाए । सर्वोच्च अदालतले संसद पूनःस्थापना गरेर देशलाई, संविधानलाई र लोकतन्त्रलाई बचाएको पौडेलको भनाई छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकपछि मिडियालाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले सरकार कसको बनाउने ? भन्नेबारे संसदमा प्रक्रिया नै सुरु नभएको जिकिर गरे । उनले छेरो नपाई कन्दी बाट्ने कुरा हुँदैन । नेकपाको कुरा के हो ? उनीहरु विभाजन भएका हुन् कि होइनन् ? यसबारेमा प्रष्ट हुनुपर्छ । भोलि संसदमा विषय आयो भने हामीले निर्णय गर्ने हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको हिसाबले पनि राजीनामा दिनुपर्ने आफूहरुको भनाई रहेको पौडेलले सुनाए । Photo By: Mukunda Kalikote/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्