Logo

नेकपा नफुटोस भन्ने हाम्रो शुभकामना छ, फुट्लाजस्तो मलाई पनि लाग्दैन् : जबरा (भिडिओसहित)



काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका युवा नेता उदयशमशेर जबराले कम्युनिष्टलाई तत्कालै विश्वास गर्न नसकिने बताएका छन् । उनले अहिले कांग्रेसले मुलुकको राजनीतिलाई अन्यौलबाट निकाल्ने सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेकपाको दुवै गुटसँग आफूहरु छलफलमा बस्ने तर अहिले नै निर्णय नगर्ने सुनाए । उनले पछिल्लो समय नेपालको राजनीति घण्टाघण्टामा सिनारियो परिवर्तन भैरहेको पनि टिप्पणी गरे । जबराले नेकपा नफुटोस भनेर आफूहरुले चाहेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्