Logo

मैले प्रधानमन्त्रीलाई संसद् विघटन नगर्न सुझाव दिएको थिएँ : नेम्वाङ (भिडिओसहित)



काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न लाग्दा आफूलाई पनि सोधेको सुनाए । तर, आफूले प्रधानमन्त्री ओलीसँग संसद विघटन गर्न हुँदैन् भनेर आफ्ना कुरा राखेको पनि उनले उल्लेख गरे । संसद् विघटन नगर्नको लागि आफूले प्रधानमन्त्री ओलीलाई भनेको उनको भनाई थियो । कानूनी र राजनीतिक रुपमा संसद् विघटन गर्न ठीक नहुने कुरा आफूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको पनि सुनाए । तर, सर्वोच्च अदालतको फैसला नआउँदा आफूहरु चुनावको पक्षमा जबरजस्त रुपमा उत्रिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्