Logo

कृष्णसँग बिहे गर्न किन मानिनन् राधा ?



प्रेमको पहिलो उदाहरण दिनु पर्दा जहिले पनि राधा र कृष्णकै चर्चा हुन्छ । शताब्दीऔंदेखि राधा–कृष्णको प्रेम कहानी पढ्दै आइएको छ । तर जब हामी राधा–कृष्णको प्रेम कहानी सुन्छौं, तब कृष्णले राधासँग किन विवाह गरेनन् भन्ने सोच्छौं । राधा–कृष्णको प्रेमलाई जीवात्मा र परमात्माको मिलन भनिन्छ । यसका विभिन्न व्याख्या दिइएका छन् ।

केही विद्वानका अनुसार राधा-कृष्णको कहानी मध्यकालको अन्तिम चरणमा भक्ति आन्दोलनपछि लोकप्रिय भएको हो । त्यतिबेलाका कविले यो आध्यात्मिक सम्बन्धलाई एक भौतिक रुप दिए । प्राचीन समयमा रुक्मिनी, सत्यभामा, समेथा श्रीकृष्णामसरा प्रचलित थियो जसमा राधाबारे कुनै जानकारी उपलब्ध छैन । ३२२८ इसा पूर्व देवकी पुत्र श्रीकृष्णको जन्म भयो । केही समयपछि उनी गोकुलमा बसे र त्यसपछि वृन्दावन गए ।

श्रीकृष्णले राधालाई १० वर्षको उमेरमा भेटेका थिए । त्यसपछि उनी कहिल्यै वृन्दावन फर्किएनन् । त्यसबाहेक राधाले द्वारिकाको यात्रा गरेको भन्नेबारे पनि कहीँ कतै उल्लेख छैन । दक्षिण भारतको प्राचीन ग्रन्थमा राधाबारे कुनै जानकारी दिइएको छैन ।

एउटा मत यो पनि छ कि राधाले श्रीकृष्णसँग विवाह गर्न अस्वीकार गरेकी थिइन् किनभने उनलाई लाग्थ्यो कि उनी महलको जीवनका लागि उपयुक्त छैनन् । राधा एक गोठाली थिइन् जबकि मानिसहरु श्रीकृष्णले कुनै राजकुमारीसँग विवाह गरुन् भन्ने चाहना राख्थे । श्रीकृष्णले राधालाई सम्झाउने निकै कोसिस गरेका थिए तर राधा आफ्नो निश्चयमा दृढ थिइन् ।

एक अन्य प्रचलित व्याख्या अनुसार राधाले एकपटक श्रीकृष्णलाई किन आफूसँग विवाह गर्न नचाहेको भनेर प्रश्न गरिन् । तब कृष्णले राधालाई आफ्नै आत्मासँग कसैले विवाह गर्न सक्छ र भनेर सोधे । कृष्णको आशय थियो कि उनी र राधा एकै हुन् । उनीहरुको भिन्न–भिन्न अस्तित्व छैन ।

राधालाई श्रीकृष्ण भगवान हुन् र उनी श्रीकृष्णको एक भक्त भएको महसुस भइसकेको थियो । उनी भक्तिभावमा डुबिसकेकी थिइन् । त्यसकारण केहीको मान्यता अनुसार राधा र कृष्णबीच विवाहको प्रश्न नै उठ्दैनथ्यो । राधा र कृष्णबीचको सम्बन्ध एक भक्त र भगवान्को हो । राधाको श्रीकृष्णसँग भिन्न अस्तित्व छैन । विवाहका लागि दुई व्यक्तिको आवश्यक हुन्छ ।

केही मानिस के पनि भन्छन् भने सामाजिक नियमले राधा–कृष्णको प्रेम कहानीमा खलनायकको भूमिका निभायो । राधा र श्रीकृष्णको सामाजिक पृष्ठभूमिले उनीहरुको विवाहका लागि अनुमति दिँदैनथ्यो ।

राधालाई राम्रो तरिकाले बुझ्नका लागि रस र प्रेमको रहस्य बुझ्नुपर्छ । यो आध्यात्मिक प्रेमको आनन्ददायक अनुभूति हो । एक व्याख्या अनुसार कृष्ण र राधाले बाल्यकालमा खेल्दाखेल्दै विवाह गरेका थिए । तर वास्तवमा उनीहरुको कहिल्यै विवाह भएन । हुन पनि उनीहरुको प्रेम वैवाहिक जीवनको प्रेमभन्दा बढी स्वाभाविक र आध्यात्मिक थियो ।

कृष्ण र राधा एकअर्कासँग आत्मीय रुपमा जोडिएका थिए । त्यसकारण सधैं उनीहरुलाई राधा–कृष्ण भनिन्छ, रुक्मिनी–कृष्ण होइन । रुक्मिनीले पनि कृष्णलाई पाउन धेरै नै पापड बेल्नुपरको थियो । उनी आफ्ना भाइ रुकमीविरुद्ध गइन् । रुक्मिनी पनि कृष्णलाई राधाले झैं प्रेम गर्थिन् । रुक्मिनीले श्रीकृष्णलाई आफूलाई सँगै लैजान आग्रहसहित प्रेमपत्र लेखेकी थिइन् ।

प्रेमपत्रमा रुक्मिनीले सातवटा श्लोक लेखेकी थिइन् । रुक्मिनीको प्रेमपत्रले कृष्णको मन छोयो र उनले अनुरोध स्वीकार गरे । यसरी रुक्मिनी श्रीकृष्णकी पहिली श्रीमती बनिन् ।

राधा श्रीकृष्णको बाल्यकालको प्रेम थिइन् । त्यसपछि जिन्दगीभर उनले श्रीकृष्णलाई भेटिनन् । राधा श्रीकृष्णको दैवीय गुणसँग परिचित थिइन् । उनले जिन्दगीभर आफ्नो मनमा प्रेमको स्मृतिलाई ताजा राखिन् । यो नै उनीहरुको सम्बन्धको सबैभन्दा उत्कृष्ट पक्ष थियो ।

ब्रह्मवैवर्त पुराण अनुसार पृथ्वीमा आउनुअघि राधाको एकपटक कृष्णकी सेविका श्रीदामासँग बहस भएको थियो । राधारानी क्रोधित भइन् र श्रीदामालाई राक्षसको रुपमा पैदा हुन श्राप दिइन् । त्यसको बदलामा श्रीदामाले पनि राधालाई एक मानवको रुपमा जन होस् र आफ्नो प्रेमीसँग सय वर्षका लागि बिछोड होस् भन्दै श्राप दिए ।

यस्तो पनि मान्यता छ- श्रीकृष्णले राधालाई यसकारण पनि विवाह गरेनन् किनभने उनीहरु प्रेम र विवाह दुई भिन्न भिन्न कुरा हो भनेर पुष्टि गर्न चाहन्थे । प्रेम एक निःस्वार्थ भावना हो जबकि विवाह एउटा सम्झौता र अनुबन्ध हो । एक मत अनुसार श्रीकृष्णले मानव जातिलाई निःस्वार्थ र आन्तरिक प्रेमलाई सिकाउनका लागि राधासँग विवाह नगरेका हुन् । राधाकृष्णको सम्बन्ध कहिले पनि भौतिक रुपमा रहेन । यो निकै आध्यात्मिक प्रकृतिको हो । पौराणिक कथामा प्रचलित अन्य कथाको तुलना राधा-कृष्णसँग गर्न सकिन्न ।

 



प्रतिक्रिया दिनुहोस्