Logo

आफ्नै आमाको हत्याको आरोपमा छोरा पक्राउ



अछाम, १४ फागुन । आफ्नै आमाको हत्या गरेको अभियोगमा एकजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका–५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढा पक्राउ परेका हुन् ।

जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण बिहीबार दिउँसो मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अछाम र ईलाका प्रहरी कार्यालय साफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्