Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, १४ फागुन । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ रुम भिरखर्क बस्ने ३४ वर्षीय होम बहादुर पुनलाई करिब १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पुनले बाख्राको खोरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्