Logo

उपराष्ट्रपति पुनका छोरा दीपेशले देखेको प्रधानमन्त्री ओलीका दुई विकल्प



काठमाडौं, १४ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आत्मसमर्पण गर्ने वा संसद् बैठक सुरु नहुँदै अध्यादेश ल्याएर नयाँ पार्टी खोल्नेभन्दा अर्को विकल्प नभएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो धारणा राखेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरेसँगै संसद्को बैठक बोलाउनसमेत आदेश दिएको छ । फागुन ११ गतेको फैसलाअनुसार १३ दिनभित्र संसद् बैठक बोलाउनुपर्ने भनिएको छ । पुनले सञ्जालमा लेखेका छन्-“प्रचण्ड/माधवसंग आत्मसमर्पण गरेर मुल पार्टी मै बस्ने कि संसद वैठक शुरु नहुँदै अध्यादेश लिएर नयाँ पार्टी खोल्ने ? यो भन्दा अरु विकल्प यहाँसंग छैन ।”



प्रतिक्रिया दिनुहोस्