Logo

नागरिक बचतपत्रमा माग भन्दा धेरै आवेदन परेपछि आजदेखि बिक्रि बन्द



काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकले जारी गरेको २ अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८२’ मा निर्धारित मिति भन्दा अगाडी नै बिक्रि बन्द गर्ने जनाएको छ । बैंकले माघ २७ गतेदेखि फागुन १८ गतेसम्म बिक्रि खुल्ला गरेकोमा फागुन १२ गतेसम्ममा नै माग भन्दा आवेदन धेरै परेपछि बिक्रि बन्द गर्न लागेको हो ।

५ वर्ष अवधिको लागि ९ प्रतिशत ब्याजदरमा बिक्रि खुला गरेको बचतपत्रमा आवेदनमा माग बढी आएकोले नेपाल राष्ट्र ऋण ऐन २०५९ बमोजिम खुला बजार संचालन समितिको निर्णय अनुसार बिहीबारदेखि बिक्रि बन्द गर्ने भएको हो ।

कम्तीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाउने बैंकले सीमा तोकेको थियो । बैंकले फागुन २५ गतेदेखि ५ वर्षका लागि निष्कासन गरेको नागरिक बचतपत्र २०८२ मा ६/६ महिनामा ब्याज भुक्तानी हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्