Logo

आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह



काठमाडौं, १४ फागुन । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलले सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज भेटी पछिल्लो समय आमपाठक/स्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेको छ । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह गरे ।

सङ्घका अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य रीता बुढाथोकी र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष सुशील दर्नालसहितको प्रतिनिधि टोलीले आज सिंहदरबारस्थित कार्यकक्षमा उनीसँग भेटवार्ता गरेको हो । रासस



प्रतिक्रिया दिनुहोस्