Logo

शुक्रबार १ सय १२ संक्रमित थप, ५४ जना संक्रमणमुक्त



काठमाडौं, १४ फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय १२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७० हजार २ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्