Logo

२४ घन्टामा कोरोनाबाट ४ जनाको मृत्यु



काठमाडौं, १४ फागुन । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ सय १२ थपिएका छन् । आज ५४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७३ हजार ९ सय ८४ संक्रमित भएपनि २ लाख ७० हजार २ सय ७७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ९ सय ३६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २१ लाख ५७  हजार ५ सय ८० जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्