Logo

यौन दुव्यर्वहारको अभियोग लागेका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या



एजेन्सी, १४ फागुन । यौन दुव्यर्वहारको अभियोग लागेको केही घन्टामै अमेरिकाका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकले आत्महत्या गरेका छन् । जोन गेडेर्ट नामका ती प्रशिक्षक अभियोग लागेको केही घन्टामै मृत फेला परेका थिए ।

गेडेर्टमाथि यौन दुव्यर्वहार र मानव तस्करका २४ वटा अभियोग लागेको थियो । उनीमाथिको अभियोगको विषयले खेल क्षेत्रमा तरंग आएको थियो । गेडेर्टमाथिको अभियोगमध्ये दुईवटा १३ र १६ वर्षीया खेलाडीमाथिको दुव्यर्वहार रहेको छ ।

६३ वर्षीय गेडेर्ट सन् २०१२ मा महिला जिम्न्यास्टिक टिमको प्रशिक्षक थिए । उनी टिमको चिकित्सक लारी नासारसँगै काम गर्थे । नासारमाथि यौन दुव्यर्वहारको अभियोगमा अदालतले दोषी ठहर गरी ३ सय वर्षको जेल सजाय सुनाइसकेको छ ।-तस्बिर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्