Logo

उफ्, तिमी कति राम्री !



मुहम्मद नागीब अलअरमादी

म एउटा ऋणात्मक ध्रुव तिम्राछेउ आएँ

तिमी धनात्मक ध्रुव भएको थाहा पाएँ

म तिमीतिर आकर्षित भएँ ।

 

मैले आफ्नो हात तिमीतिर बढाएँ

मेरो हृदय काम्न थाल्यो

जब तिमीले आफ्नो हात मतिर बढायौ ।

 

तिमीले मलाई हेर्यौं

र, मैले पनि तिमीलाई हेरेँ

यसअघि मैले हेरेको थिइनँ ।

 

खै के भन्यौ तिमीले

मैले एउटै शब्द सुनिनँ

म एकछिन तिम्रा आँखामा डुलेँ

हामी त्यहाँबाट हिँड्न थालेपछि

निर्देशित भएँ म

तिम्रा पाइलाहरूबाट ।

 

मैले तिम्रो हृदय पत्ता लगाएँ

र, सुटुक्क केही शब्द भनेँ

तिम्रा कानमा

तिमी हाँस्यौ

तिम्रो हसाँइबाट पुलकित भएँ म

कति सुन्दर छ तिम्रो ओज !

 

म निदाएँ र सपनामा तिमीलाई देखिरहेँ

तिम्रा बारेमा सोधिरह्यो

मेरो हृदयले ।

 

अनुवाद: सुमन पोखरेल

 

 



प्रतिक्रिया दिनुहोस्