Logo

केपी ओली मलाई जसरी भएपनि ठीक गर्छु भनेर हिँड्नुभएको छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब केपी शर्मा ओलीसँग एकता हुने वा सँगै जाने सम्भावना नरहेको जिकिर गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले संविधानमाथि घात गरेको र हुँदै नभएको अधिकार प्रयोग गरेको गुनासो पोखे ।

उनले ओली र आफूहरुबीचको अन्तरविरोध सामान्य नरहेको पनि उल्लेख गरे । ओलीले आम नेपाली जनतामाथि घात गरेको पनि दाहालको भनाई छ । उनले भने,‘अझै उहाँ त, उहाँले भनेको मैले सुनिराखेको छु–उहाँले केही मान्छेलाई बोलाउँदै, प्रचण्डलाई म ध्वस्तै पारेर छोड्छु, किन लाग्नुहुन्छ प्रचण्डको पछि भन्दै हिँड्नुभाछ उहाँले । उहाँको मिशन र टार्गेट भनेको अब संसद भंग गर्न नसकेपछि, संघीय लोकतान्त्रिक गणतन्त्रलाई निमिट्यान्न पार्ने मनशाय पूरा नभएपछि उहाँ प्रचण्डलाई जताबाट भएपनि म ठिक गर्छु भनेर हिँड्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्