Logo

नेपालमा चिनियाँ लगानीबाट उत्पादित बिजुली भारतमा आयात प्रतिबन्ध



काठमाडौं, १५ फागुन । भारतले नेपालमा चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई आयात प्रतिबन्ध लगाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले यस्तो प्रतिबन्ध लगाएको हो ।

शुक्रबार उक्त प्राधिकरणले स्वीकृत गरेको सीमापार अन्तर्देशीय विद्युत आयात निर्यात कार्यविधिमा विद्युत सम्झौता नभएका मुलुकको नियन्त्रण र लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको हो । चीनको नाम कार्यविधिमा उल्लेख नगरेपनि भारतको चीनसँग विद्युत सम्झौता भएको छैन । यसको अर्थ उसको नियन्त्रण र लगानीबाट उत्पादित बिजुली भारतले आयात प्रतिबन्ध लगाएको छ ।

नेपालमा चिनियाँ लगानीमा झण्डै आठ सय मेगावाट विभिन्न जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए गर्न लागेको बेला भारतले यस्तो प्रतिबन्ध लगाएको हो । अब चिनियाँ लगानीबाट नेपालमा विद्युत उत्पादन भए नेपालले नै प्रयोग गर्नुपर्ने हुन्छ या चीन या भारतबाहेकको देशले आयात गर्नुपर्ने हुन्छ ।

नेपालमा चिनियाँ लगानी बढ्दै गई चीनको प्रभाव बढिरहेको विषय भारतभित्र उठिरहँदा पछिल्लो कदम चालेको हो । नेपालको ठुलो विकास निर्माणको आयोजना देखि जलविद्युतमा चिनियाँ कम्पनी हावी भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्