Logo

केपी ओली प्रचण्डलाई ध्वस्त पारेर छाड्छु भनेर हिंड्नुभएको छः प्रचण्ड (भिडियोसहित)



काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ध्वस्त पार्ने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओली लागिरहेको आरोप लगाएका छन् । उनले आफूलाई निमिट्यान्न पार्छु भनेर हिंडेकाले ओलीसँग पार्टी एकता सम्भव नभएको बताए ।

‘केपी ओली प्रचण्डलाई ध्वस्त पारेर छाड्छु भनेर हिंड्नुभएको छ,’ ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् को विशेष अन्तवार्तामा प्रचण्डले भने, ‘गणतन्त्र निमिट्यान्न पार्न नसकेपछि प्रचण्डलाई ठिक गर्छु भनेर हिंड्नुभएको छ ।’

आफूलाई नियोजित रुपमा आक्रमण गर्न एउटा पक्ष लागिरहेको बताए । उनले भने, ‘प्रचण्डमाथि नै आक्रमण गर्नुपर्छ भनेर एउटा पक्ष नियोजित रुपमा लागेको छ ।’

प्रचण्डले ओलीलाई प्रतिगामीको संज्ञा दिए । उनले भने, ‘ओली प्रतिगामी हुन् त्यसैले एकता सम्भव छैन ।’ आफू केपी ओली प्रवृत्तिलाई परास्त गर्न सक्रिय भएको बताए ।

वामदेव गौतम पार्टी एकताका लागि लागेकोमा सम्मान गर्ने बताए । गौतमको भावनाप्रति आफ्नो विमति नरहेको बताए । उनले भने, ‘तपाईँ लाग्नुहोस् भावनाप्रति विमति छैन भनेको छु ।’



प्रतिक्रिया दिनुहोस्