Logo

केपी ओलीले जेलमा महाभारत र चाणक्यबाहेक केही पढेन छन्, अहिले सकुनीको भूमिकामा छन् : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जालझेल, छलकपटमात्रै बढि रहेको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सम्बद्ध शिक्षकहरूको आज (शनिबार) ललितपुरको जावलाखेलमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । दाहालले प्रधानमन्त्री ओलीसँग फुटाउ र शासन गर भन्ने मात्रै नीति रहेको पनि टिप्पणी गरे । उनले भने,‘उनले जेलमा बस्दा चाणक्य नीतिमात्रै पढे क्यारे, महाभारत र चाणक्य नीति पढ्या छ, अनि सकुनीको भूमिका खुब मन पर्दो रहेछ उनलाई, सकुनी सबभन्दा राम्रो पात्र उनको लागि, अहिले उनी सकुनीको भूमिकामा छन् हेर्नुहोस्।’



प्रतिक्रिया दिनुहोस्