Logo

प्रधानमन्त्रीको राजिनामाको विषयमा विष्णु रिमालको यस्तो भनाई



काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि आफ्नो धारणा राखेका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत रिमालले यसबारेमा आफ्नो जिज्ञासा राखेका छन् ।

रिमालले २०५२ सालमा संसद विघटनको सिफारिश गर्दा हुने अहिले चाहीँ किन नहुने रहेछ ? भन्ने प्रश्न गरेका छन् । उनले सञ्जालमा लेखेका छन्-“प्रतिनिधिसभा बिघटनको सिफारिस र सर्वोच्चबाट पुन:स्थापना, प्रधानमंत्रीको राजिनामा र नैतिकताको प्रश्न यी बिषयमा — प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा पनि थियौं र अहिले पनि छौं। त्यो बेला जे गरेका थियौं/ भनेका थियौं, त्यसै गर्दा अहिले चॉहि नहुने किन रहेछ?! #जिज्ञासा_मात्र ” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्