Logo

स्वास्थ्यकर्मी धमला ‘कोभिड-१९ नियन्त्रण हिरो’ बाट सम्मानित



काठमाडौं, १५ फागुन । धादिङ नेत्रावती डबजोङ गाउँपालिकाले आफ्नो आठौं गाउँ सभा २०७७ तथा चौथो हिउँदे अधिवेशनमा स्वास्थ्यकर्मी मधु धमला क्षेत्रीलाई सम्मान गरेको छ । कोभिडविरुद्ध अग्रपँक्तिमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै धमलालाई सम्मान गरिएको हो । कोरोना कहरको बेलामा पनि धमलाले स्वास्थ्य जोखिम मोलेर उत्कृष्ट सेवा प्रदान गरेका थिए ।

धमला कोडिभ १९ महामारी, लकडाउनको अवधिमा पनि जिल्लामा नै अग्रपँक्तिमा खटिएका छन्। उनले कोभिड नियन्त्रण तथा रोकथामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । र, सधैं नै स्वास्थ्य सुधारका कार्यक्रमसहित कार्यान्वयनमा खरो उत्रिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले धमलालाई धादिङको स्वास्थ्य क्षेत्रका मेरुदण्डको रुपमा चित्रण गरेका थिए । उनीहरुले धमलाले जस्तै देशभरिका स्वास्थ्यकर्मीहरुले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने पनि धारणा राखेका थिए । धमलालाई कोभिड १९ नियन्त्रण हिरोको रुपमा सम्मान गरिएको हो ।

Related News:

‘जनस्वास्थ्यको मापदण्ड पालना भएन, पूनः लकडाउनको आवश्यकत्ता देखियो’ 

“कोरोना संक्रमणको जोखिम बढ्यो, जनस्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउनुपर्छ” 

‘देशभरिका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता प्रदान गर्नुपर्छ’ 

कोभिड-१९ सँगै मनोसामाजिक परामर्श पनि जरूरी 

कोरोनाको लडाई जित्ने हो भने लकडाउन पालना गरौं, अर्को उपाय छैन् 

कोरोना भाइरसविरुद्ध लड्न बैशाखसम्म लकडाउन कायम गर्नुपर्छ : धमला 

धादिङ नेत्रावती गाउँपालिकामा कोरोनाबारे २४सै घण्टा जनचेतनामूलक कार्यक्रम सञ्चालन 

‘क्यान्सरबाट बच्न नियमित स्वास्थ्य जाँच गरौं’ 

आज विश्व एड्स दिवस, नेपालमा विगतभन्दा अहिलेको अवस्था सुदृढ



प्रतिक्रिया दिनुहोस्