Logo

खोपप्रति ज्येष्ठ नागरिक उत्साहित



काठमाडौं, फागुन १६ । नेपालमा कोरोना भाइरस सङ्क्रमण सुरु भएको एक वर्षपछि कोरोनाविरुद्धको खोप लगाउने अभियान अगाडि बढेको छ । यसले समाजका सबै तप्कालाई आशावादी बनाएको छ भने ज्येष्ठ नागरिकलाई झनै उत्साहित बनाएको छ ।

खोपबारे विभिन्न कुरा आइरहेपछि ढुक्कले खोप लगाउन ज्येष्ठ नागरिकको सुझाव छ । प्राथमिकताका आधारमा खोप लगाउने क्रममा अब ज्येष्ठ नागरिकले खोप लगाउने पालो आएको छ तर कतिपय ज्येष्ठ नागरिकले प्राथमिकताका आधारमा खोप लगाइसकेका छन् । खोप लगाउन बाँकी ज्येष्ठ नागरिक खोपप्रति उत्साहित रहेका देखिन्छन् ।

कतिपय ज्येष्ठ नागरिकले पत्रकारको हैसियतले समेत कोरोनाविरुद्धको खोप लगाइसकेका आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्