Logo

रघुजी पन्तलाई कोमल वलीको प्रश्नः महिला नेतृहरु को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ?



काठमाडौं, १६ फागुन । कोमल वली यसपटक रघुजी पन्तविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइन् । उनले नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तलाई निच सम्म भनेकी छिन् ।

पन्तले महिला नेतृहरु पिंडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएपछि वली आक्रामक बनेकी हुन् । उनले सामाजिक सञ्जालमा पन्तको नामै तोकेर लेखेकी छिन्, हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल आएर खुलेको छ ।

उनले पन्तलाई महिला नेतृहरु को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ? भनी प्रश्न गरेकी छिन् ।

वलीले लेखेकी छिन्ः हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाे रहेछ भन्ने बल्ल आएर खुलेकाे छ । पन्तजीलाई मेराे प्रश्न : तपाईकाे पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नु भएकाे हाे ? के याे देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईकाे जस्ताे दरिद्र साेचकाे सिकार हुनुपर्छ ?

पत्नविरुद्ध उनी लगातार आक्रामक हुने क्रममा आमा दिदीबहिनी सबैको अपमान गरेको टिप्पणी गरेकी छिन् ।

वलीले लेखेकी छिन्ः पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?



प्रतिक्रिया दिनुहोस्