Logo

प्रधानमन्त्री ओली किन धमाधम शिलान्यासमा सक्रिय



काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली धमाधम भौतिक निर्माणका क्षेत्रहरुको शिलान्यासमा सक्रिय भएका छन् । उनी लगातार शिलान्यासका लागि काठमाडौं बाहिर व्यस्त हुने भएका छन् ।

प्रतिनिधि सभा बिघटन गराउने कदम चालेको ओली सर्वोच्च अदालतले उक्त कदमलाई असंवैधानिक ठहर गरी संसद पुनःस्थापना गरेपछि कुनैपनि बेला सत्ताबाट हट्नुपर्ने अवस्थामा छन् । यसबीच उनले शिलान्यास र उद्घाटनका कार्यक्रममा आफूलाई व्यस्त राखेका छन् ।

ओलीले आज झापाको तीनवटा नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् । ६४ अर्ब रुपैयाँ लागतमा चीन नेपाल मैत्री औद्योगिक पार्क निर्माण सम्झौता भइसकेको छ ।

एकै सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यासको कार्यक्रम तय भएको छ । यसअघि १० फागुनमा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, ११ फागुनमा बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, १३ फागुनमा रुपन्देहीको मोतीपुर औद्यागिक क्षेत्र र १६ फागुनमा मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेको छ ।

१८ फागनमा ओली दुर्गा प्रसाईंले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि पुग्नेछन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्