Logo

दुर्गा प्रसाईंको अर्को छलाङः झापामा क्यान्सर अस्पताल, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने



झापा, फागुन १६ गते । विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहने व्यवसायी दुर्गा प्रसाईँले अको छलाङ मारेका छन् । उनले झापाको बर्तिामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ पूर्वाञ्चल क्यान्सर अस्पताल तयार गरेका छन् ।

क्यान्सर अस्पतालको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले १८ फागुन मा गर्नेछन् । उनी त्यसका लागि झापा पुग्नेछन् ।
अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले हिजो पत्रकार सम्मेलन गरेर यसको जानकारी दिए ।

तीन सय शैयाको स्वीकृति पाएको सो अस्पतालमा ६ अर्ब लगानी भएको प्रसाईंले बताए । अस्पताल गत वर्षदेखि सञ्चालनमा आएको हो ।

बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एउटै परिसरमा छ । उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनीषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत उपस्थिति रहने बताइएको छ ।

दुर्गा प्रसाईं प्रचण्ड र ओलीलाई मिलाउन भुमिका खेलेको भन्दै चर्चामा आएका थिए । उनले दुवै नेतालाई घरमा निम्तो गरी मार्सी चामलको खाना खुवाएका थिए । उनकै कारण मार्सी चामल ब्रान्ड बनेर माग समेत बढेको थियो ।



प्रतिक्रिया दिनुहोस्