Logo

कुखुराको भालेले मालिकलाई मार्यो



एजेन्सी, १६ फागुन । कुखुराको भालेले मान्छेको मृत्यु हुनसक्छ । तर, भारतको तेलंगना राज्यको लोथुनर गाउँमा त्यस्तै घटना भएको छ ।

भाले जुधाउने क्रममा एउटा भाले भाग्न खोज्यो । मालिकले त्यसलाई समात्न खोजे । तीन इञ्चको छुरी भालेको दुई खुट्टाको बीच पेटको भागमा जडित थियो । समात्न खोज्ने भाले मालिक गम्भीर रुपमा घाइते भए ।

ती व्यक्तिलाई अस्पताल लगियो । तर, बढी रगत बगेकाले उनको बाटोमै मृत्यु भइसकेको थियो । घटनापछि प्रहरीले १५ जनालाई पक्राऊ गरेको छ ।

भारतमा भाले जुधाईलाई अवैध घोषित गरिएको छ । तर, त्यहाँ भाले जुधाएर बाजी लगाउने परम्परा रहँदै आएको छ ।

यसअघि गत वर्ष एकजना व्यक्ति आन्ध्र प्रदेशमा भाले जुधाईमा प्रयोग गरिने भालेमा जडित ब्लेडले काटेर मारिएका थिए ।-तस्बिर: एजेन्सी



प्रतिक्रिया दिनुहोस्