Logo

तोलामा ५०० ले घट्यो सुनको मूल्य



काठमााडौं, १६ फागुन । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज कारोबारको पहिलो दिन तोलामा ५०० सय रुपैयाँले घटेको हो ।

छापावाल सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन आज प्रतितोलामा ८७ हजार ८५० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ३३५ मा कारोवार भएको चाँदी आज भने १ हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।



प्रतिक्रिया दिनुहोस्