Logo

एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर आज बाँडफाँट



काठमाडौँ, १६ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लिलाम बिक्रीमा ल्याएको संस्थापक समूहको शेयर बाँडफाँट गरेको छ । बैंकले फागुन २ गते फागुन ९ गतेसम्म लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको संस्थापक शेयर आज बाँडफाँट भएको हो ।

बैंकले २५ लाख कित्ता संस्थापक शेयर फागुन २ गतेदखि ९ गतेसम्म बोलकबोल गर्न सकिने गरी बिक्रि खुल्ला गरेको थियो । बैंकले एनबि गु्रप नेपाल प्रालि, दोलखा भीमसेन इन्भेष्टमेन्ट, मानाङ्ग इन्भेष्टमेन्ट, सांग्रिला इन्भेष्टमेन्ट प्रालि लगायतको आफ्नो स्वामित्वमा रहेको लिलामीमा ल्याएको थियो ।

शेयर बिक्रि तथा प्रबन्धक सनराइज क्यापिटलका अनुसार प्रतिशेयर न्युनतम १४० रुपयाँ निर्धारण गरीएको हुदाँ सो मुल्य अंकित गरेर १ हजार कित्तादेखि सबै कित्तासम्ममा माग गर्ने व्यवस्था गरेको थियो । कम्पनीले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी, अन्य इच्छुक ब्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन बोलपत्र सहित पेश गर्न आग्रह गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्