Logo

कोमल वलीले भनिन्–…किनभने यहाँ रघुजी पन्तहरु छैनन्



काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी नेतृ कोमल वलीले आफ्नो पार्टीमा आमा दिदिबहिनीलाई सम्मान रहेको टिप्पणी गरेकी छिन् । आज दाङमा अन्य पार्टी त्यागेर नेकपामा तीन सय जना प्रवेश गरेको जनाउँदै वलीले यस्तो बताएकी हुन् ।

उनले लेखेकी छन्-“दाङकाे विकट मानिने बंगलाचुलि गाउँपालिकामा हजाराैं जनताले सिर्फ #केपी ओलिकाे नेतृत्व चाहेर, मन पराएर अन्य पार्टी छाेडेर करिव ३ सय नेकपामा प्रवेश गरे । जनतामा उस्तै छ उत्साह उस्तै छ उमंग । आमा दिदीबहिनिलाई सम्मान गर्छन याे पार्टीमा किनभने यहाँ रघुजी पन्तहरु छैनन् ।”

रघुजी पन्तलाई कोमल वलीको प्रश्नः महिला नेतृहरु को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ?



प्रतिक्रिया दिनुहोस्