Logo

बालविवाह गर्ने र गराउने तीन पक्राउ



पर्सा, १६ फागुन । बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही नगरपालिका(१६ नगवा बस्ने दुलाहा १९ बर्षीय गुड्डु सर्राफ र दुलाहाका बुवा ४६ वर्षीय कृष्ण सर्राफ रहेको जनाएको छ ।
मुलुकी अपराध संहिताको दफा १७३ विपरीत उक्त मन्दिरमा बालविवाह गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्